धनगढीमा कोरोनाः ३७५ संक्रमित, १६० एक्टिभ केस, २१५ डिस्चार्ज, १९७ को ट्राभल हिस्ट्री छैन्
2020/09/13, 8:45
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार तीन सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक सय ९७ जनामा सामुदायिक संक्रमण देखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।
सामुदायिक संक्रमण देखिएको सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका झण्डै ५२ प्रतिशत संक्रमितको ट्राभल हिस्ट्री खुलेको छैन । यस्तै अहिलेसम्म कोरोना पुष्टि भएका दुई सय १५ जना संक्रमण मुक्त भएको दावी गरिएको छ भने एक सय ६० जना ‘एक्टिभ केस’ अथात् सक्रिय संक्रमित रहेका छन् ।
उनीहरु सेती प्रादेशिक अस्पतालको आईसोलेसन, उपमहानगरपालिकाले स्थापना गरेका संस्थागत आईसोलेसन र होम आईसोलेसनमा रहेका छन् । धनगढीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भईसकेको छ भने एक जना संक्रमित महिलाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
2024/05/14, 5:11
2024/05/14, 5:09
2024/05/14, 5:08
2024/05/14, 12:35
2024/05/14, 12:33
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/03/13, 12:41
2021/10/09, 6:31
2023/03/22, 12:15