सञ्चारकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न मेयर वडको माग
2020/09/13, 9:26
 
kutpit

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले शुक्रबार धनगढीको दिनेश सञ्चार गृहको कार्यालयमै प्रवेश गरेर पत्रकारहरुमाथि गरिएको आक्रमणको घटना दुःखद भएको बताएका छन्।

आइतबार सञ्चार गृहमै पुगेर नगर प्रमुख वडले घटनाको निन्दा तथा भत्र्सना गरेका हुन।  ‘समाचारमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने थुप्रै बाटो हुँदाहुँदै पनि मिडिया हाउसमै पुगेर घटना घटाइनु कदापी राम्रो होइन’ नगर प्रमुख वडले भने, ‘दोषी उम्कीनु हुदैन।’ 

उनले दिनेश खवरका प्रवन्धक अमिता कुँवरलाई भेटेर दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई आफुले दवाव दिदै आएको बताए। साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफु सधै रहने मेयर वडले बताए।