भारतबाट फर्किने क्रममा सीमामा आरडिटी पोजेटिभ देखिएपछि १९ जना सेती अस्पतालको आईसोलेसनमा, सवै गरी २३ जनाको उपचार हुँदै
 
korona

कोरोना आशंकामा सेती अस्पतालको आईसोलेसनमा १९ जना भर्ना भएर उपचार गराईरहेका छन् । चार जना यसअघि देखि नै उपचार गराईरहेको अवस्थामा १९  जना थपिएका हुन् ।

आरडिटी पोजेटिभ देखिएपछि १९ जनालाई सेती अस्पतालको आईसोलेसनमा भर्ना गरिएको  हो । बिहिबार गौरीफन्टा नाकाबाट उद्धार गरीएका १२ जनामा आरडीटी पोजेटिभ देखिएपछि अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो ।

बझाङ्कको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय पुरुष, वडा नम्वर ११ का २३ वर्षीय पुरुष, डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षीय पुरुष, बडिकेदार गाउँपालिका ५ का १८ बर्षीय युवक, डडेल्धुराको पर्शुराम नगरपालिकाका २७ वर्षीय युवक र कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ५ का २८ बर्षीय युवकलाई प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको हो।

यस्तै बैतडीको मेलौली नगरपालिका ४ का ३३ वर्षीय पुरुष, सोही ठाउँका १९ वर्षीय युवक, २३ वर्षीय युवक, शिवनाथ गाउँपालीकाका २७ वर्षीय युवक, सोही ठाउँका २४ वर्षीय युवक, २२ वर्षीय युवक, २० वर्षीय युवक, ३० बर्षीय पुरुष र सोही ठाउँका अर्का २० वर्षीय युवकलाई अस्पतालको आईसोलेनमा भर्ना गरीएको हो।

यस्तै अछामको मेल्लेख ४ का ३० बर्षीय महिला, ११ बर्षिय बालिका, ४ बर्षको बालक र ३२ बर्षको पुरुषलाई पनि भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। 

यो सँगै सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना हुनेको संख्या २३ पुगेको छ ।