धनगढीमा थप १ सय १ जनाको स्वाव संकलन, पिसिआर परीक्षणको संख्या ३ हजार २ सय ६१ पुग्यो 
2020/09/15, 4:48
 
corona

धनगढी उप–महानगरपालिकामा मंगलबार थप १ सय १ जनाको स्वावको नमुना संकलन गरिएको छ । निर्माण ब्यावसायी संघ कैलालीको परिसरमा क्याम्प राखेर स्वाव संकलन गरिएको थियो । निर्माण ब्यावसायी संघको समन्वयमा धनगढी उप–महानगरपालिकाले स्वाव संकलन गरेको बताईएको छ ।

क्षेत्रमा ट्राभल हिस्ट्री नभएका ब्यक्तीमा कोरोना संक्रमण देखिएपछि पिसिआर परीक्षणको दायरा बढाईएको छ । समुदायमा दुई साता देखि कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा स्वाव संकलन गर्ने र परीक्षण गर्ने काम भैरहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, यसका साथै समस्या देखिएका ब्यक्तिहरु पनि स्वाव लिने काम भैरहेको छ ।

मंगलबार सम्म ३ हजार २ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले बताए । उनले भने, जसमध्य ४ सय ३६ जना पोजेटिभ देखिएका छन् । पोजेटिभ देखिएका मध्ये लक्षण देखिएका सक्रिय केसहरु २ सय ६१ छन् ।