सुदुरपश्चिमम २४ हजारको कोरोना परिक्षण, साढे २४ सय  क्वारेन्टाईनमा (भिडियो सहित)
2020/05/22, 8:01
 
sima

सुदुरपश्चिमम झण्डै २४ हजार जनाको कोरोना परिक्षण गरिएको छ । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आजसम्म पिसिआर र आरडिटी गरी २३ हजार ७ सय ६४ जनाको कोरोना परिक्षण गरिएको हो ।

पिसिआर अन्तर्गत ४ हजार दुई सय २४ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएकोमा ४ हजार ५६ जनाको जाँच गरिएको छ । जसमा ४ हजार ५१ जनाको परिक्षणको नतिजा नेगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा कसैलाई पनि पोजेटिभ देखिएको छैन् । एक सय ८६ जनाको नतिजा आउन बाँकी छ ।

आरडिटी विधिबाट १९ हजार ७ सय ८ जनाको परिक्षण गरिएकोमा १९ हजार ७ सय ३ जनाको नतिजा नेटेटिभ आएको छ भने ५ जना पोजेटिभ देखिएकाको थ्रोट स्वाबको नमुना संकलन गरी जाँचका लागि पठाईएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

इस्तै सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा साढे २४ सय जना क्वारेन्टाईनमा रहेका छन् । हालसम्म प्रदेशका विभिन्न स्थानमा दुई हजार चार सय २४ जना क्वारेन्टाईनमा रहेको स्वास्थ्य निर्देशनालयको दावी छ । त्यसमा दुई हजार ९८ जना पुरुष र तीन सय ४७ जना महिला रहेका छन् ।