डडेल्धुराको भागेश्वरले स्थानीय पाठ्यक्रम निर्माण गर्ने 
2020/09/17, 9:29
 
book

स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी अन्तक्रिया कार्यक्रम गरिएको छ ।  वडाध्यक्ष (१–५ ) का सबै, गाउँपालिका प्रमुख हर्षबहादुर रोका, गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्ट, उपाध्यक्ष पदम बोहरा, जिल्ला रेडक्रस सभापति, शिक्षक संघ अध्यक्ष, शिक्षा शाखा प्रमुख, पुर्व नेपाल शिक्षक संघ अध्यक्ष, सबै विद्यालयका प्र.अ., अध्यक्ष लगायत स्थानीय राजनितिक दलका प्रतिनिधि, स्थानीय नागरिक र पत्रकारको सहभागीता  रहेको थियो । 

स्थानीय तहमा रहेका कलासंस्कृति, धर्म, भेषभुषा, यहाँको मौलिकता, यहाँका पर्यटकिय क्षेत्र, कृषि क्षेत्रलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने भएको हो । पछिल्लो समयमा गाउँ समाजमा अंग्रेजी भाषाले बढी प्राथमिकता पाएको समयमा यहाँको स्थानीय भाषालाई निरन्तरता दिनुका लागि स्थानीय  पाठ्यक्रमको खाँचो रहेको गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताईन् । 

डडेल्धुराको उत्कृष्ट मानिने भागेश्वर गाउँपालिकाको १ र २ मा मनाउने होली जिल्लाकै उत्कृष्ट रहेको र वडा नंम्वर ४ जिल्लामा कृषि क्षेत्रमा अगाडी रहेको रहेको छ । यस्ता बिषयलाई स्थानीय पाठ्यक्रममा समेटनु जरुरी रहेको गाउँपालिका प्रमुख हर्षबहादुर रोकाको भनाई रहेको थियो ।

आफ्नो कला, मौलिकता र स्थानीयता झल्किने खालको पाठ्यक्रम ल्याउनु जरुरी रहेकोले सोही अनुसारको पाठ्यक्रम ल्याउनुमा  जोड दिने वडा नम्बर ३ का अध्यक्ष रामबहादुर शाहीले बताए । पाठ्यक्रमका लागि मस्यौदा समिति गठन समेत गरिएको छ ।