‘शसस्त्र द्धन्द्धको गोलीले घाईते भएपछि बनेका गायक’
2020/09/19, 9:44
 
mahesh aaujji

२०६० सालमा सरकार–माओवादी दोस्रो चरणको वार्ता भंग भएपछि रोल्पामा भीडन्त भयो । सैनिक जवान महेशकुमार औजीको खुट्टामा गोली लाग्या े। घाइते उनी पहिले जस्तो बन्दूकसँग खेल्न नसक्ने भए । “त्यही गोलीले मलाई गायक बनायो”, औजी भन्छन् । तर, उनी गायक बन्नु रहर नभई दुर्घटनाको परिणति हो भन्ने कमैलाई थाहा छ । 

1

संगीतप्रति औजीको लगाव भने सैन्य पेशाभन्दा पुरानो हो । बैतडीमा जन्मिएका उनले स्कूल पढुञ्जेल स्कूलमै गीत गाए । भारतको पिथौरागढमा आईएस्सी पढ्दा पनि देउडा गीत लेख्ने र गुन्गुनाउने क्रम रोकिएन । तर, कमजोर आर्थिक अवस्थाका औजीले गीत गाएरै परिवार पाल्ने आँट गर्न सकेनन् । साथीहरूले उनलाई भारतीय सेनामा भर्ना हुन सल्लाह दिए । भारतीय सैनिकका लागि आवेदन दिइसकेपछि भने उनलाई एका एक लाग्यो, ‘आर्मी बन्नु नै छ त नेपालकै बनुँ ।’ 

2

बैतडी तल्लोस्वराड, बिजुलको आमपुर माबिमा ५ कक्षा पढ्दा औजीले गीत गाउन सुरु गरेका थिए । विद्यालयमा साँस्कृतिक कार्यक्रम भइरहन्थे । उनी जति कार्यक्रममा सहभागी हुन्थे, सधै प्रथम हुन्थे । उनका बुवा मोहन औजी पनि प्रसिद्ध कलाकार हुन । महेशलाई बुवासँग जोडिएका कतिपय घटनाहरु अहिले दुरुस्तै याद छन् ।

2

सन १९९८ तिर भारतको मु्म्बइमा ‘हमारा महोत्सव’ संचालन भएको थियो । मोहन औजी सिमावर्ती पिथौरागढको टिमबाट लोक नृत्य छलिया सहितको प्रस्तुती लिएर मुम्बई पुगेका थिए । नैनीताल, इलाहाबाद हुँदै मुम्बइ गएर तेस्रो चरणमा प्रतिस्पर्धा हुँदै थियो । प्रतिस्पर्धामा उनको टोली भारतभरीमै प्रथम भयो । तर बिडम्बना उनी त्यहाँ नेपाली परिचय लिएर प्रथम भएका थिएनन ।

2

मंचमा पुरस्कार दिदा उत्तराखण्ड, पिथौरागढका मोहन औजीको टिमले पहिलो स्थान हाँसिल गरेको सम्बोधन भयो । भारतका बिभिन्न ठाउँमा हुने त्यसपछिका कयौं कार्यक्रमहरुमा मोहन औजीको टिम सधै प्रथम हुन्थ्यो । उनीबाटै पछि झुलाघाट र पिथौरागढका कलाकारहरुले छलिया सिके। त्यसपछि मोहन औजीको कला त्यस क्षेत्रबाट ओझेलमा पर्यो । अहिले पनि उनको टिममा रहेर भारतभरी छलिया देखाउँदै हिड्ने झुलाघाँट र पिथौरागढका ८ जनाले ‘रिटायर्ड कलाकार’को रुपमा पेन्सन पाउँछन ।

2

यी सबै कुराहरुले महेश औजीको वाल मस्तिस्कमा ठूलो प्रभाव पारेको थियो । जताजतै बुवाको चर्चा भएको सुन्थे । कहिलेकाँही अल इण्डिया रेडियोले समाचार फुक्थ्यो । यस्तै कुराले उनलाई कलाकार बन्ने उत्प्रेरणा दिइरहन्थ्यो । केही समयको अन्तरालपछि औजी देउडा क्षेत्रमा जम्दै गए । त्यतिबेला चाँहि एउटा फरकै कुराले घोच्न थाल्यो । मेरो देशमा कलाकारको मूल्यांकन नहुँदो रैछ, कलाको सम्मान नहुँदो रैछ । अझ दलित समुदायको व्यक्ती भएका कारणले पनि ।

4

महेश कुमार औजीको बिजुल गाउँ कलाकारहरुको गाउँ भनेर चिनिन्छ । त्यही गाउँबाट चम्किएका ‘देउडा स्टार’ औजीले २०५६ सालमा ‘चैतकी बासुरी बजाए’ नामक देउडा गीत रेकर्ड गराए । एल्बम थियो, परदेशीको सम्झना । उति बेला क्यासेटको जमाना थियो । उनको पहिलो एल्बममा ६ वटा गीत थिए । एल्बम ठिकठिकै चल्यो ।

2

लगत्तै थप दुई एल्बम ल्याएका औजी २०५८ तिर नेपाली सेनामा भर्ना भए । शसस्त्र युद्ध उत्कर्षमा पुगेको बेला उनको दरबन्दी रोल्पा कायम भयो। त्यसपछिका पाँच बर्षसम्म उनको साँगीतिक यात्राले गति लिन सकेन । २०६३ तिर ‘आँशुको भेल’ नामक अर्को एल्बम मार्फत उनले देउडा संगीतको दोस्रो इनिङ सुरु गरे । त्यसपछि ‘साथ छुटयो पिरती ट्टयो, कलेजी कटाउने माया’ लगायतका एल्बमले सफलता चुमे । अहिले पनि जनजिब्रोमा झुण्डिरहने यी गीतहरुको बजार उत्तिकै हिट छ । आफ्नै स्वर, संगीत र रचनामा ‘परदेशीको सम्झना’ नामक पहिलो एल्बम निकाल्दा झोलामा एल्बम बोकेर गाउँ–गाउँ बिक्री गर्दै हिंडेको उनलाई अहिले पनि राम्रैसँग याद छ । त्यो गरेर उनले ३० हजार जम्मा पारे ।

2

“गीत गाउने मान्छे मै हुँ भन्ने थाहै नदिई एल्बम बेच्थें”, उनी सम्झिन्छन् । पहिलो एल्बमको लोकप्रियताले आश जगाएपछि औजीले अर्को वर्ष दोस्रो एल्बम निकाले– दाइ परदेशी । त्यसपछि वर्षेनी जसो उनले ’आँसुको भेल’, ’साथ छुट्यो पिरती छुट्यो’, ’डाली मैना’, ’कलेजी कटायो’, ’सुदूरपश्चिम स्वर्गसरी’, ’निउतो’, ’घुम्टो खोल मैना’ र ’जय हो जन्मभूमि’ जस्ता एल्बम निकाले । यस अवधिमा औजीले देश, विदेशमा थुप्रै स्टेज कार्यक्रम प्रस्तुति दिए । दुई सय जति गीत गाए । घाईते सैनिक ’सेलिब्रेटी’ गायक बने । नामसँगै केही दाम पनि कमाए ।

3

२०६५ देखि क्यासेटको जमाना गयो । सिडीको जमाना आयो । त्यसपछि उनका एक आध एल्बम सिडीमा आए । क्यासेटको जमाना अलि सस्तो थियो । एउटा एल्बम ३० हजार जतिमा रेकर्ड गर्न सकिन्थ्यो । एउटै एल्बमबाट कहिलेकाँही ६० हजार सम्म आम्दानी हुने । २०६७ पछि भने सिंगल गीतको क्रम सुरु भयो । यो अवधीमा महेश औजीले १३ वटा क्यासेट एल्बम बजारमा ल्याए । आफ्नै लगानीमा २ सय २० वटा गीत रेकर्ड गराए । करीब चार सय गीतमा स्वर दिए ।

2

कलाकारिता क्षेत्रमा झुल्किएको चानचुन दुई बर्ष भएको थियो । ‘दाई परदेशी’ लगायत तीन वटा एल्बमले उनको चर्चा भर्खर उकालो लागेको थियो । देशमा द्वन्द्व चरमोत्कर्षमा थिया े। नेपाली सेनामा भर्ना खुलेका बेला उनले पनि ‘ट्राई’ मारे । नभन्दै बि.स. २०५८ साउनमा नेपाली सेनाको लागि छनौट भए । तालिम सकियो । त्यसपछि रोल्पा दरबन्दी पयो । जागिर खाएको ३ बर्ष पुगेको थियो । रोल्पाका बिभिन्न ठाउँहरुमा तत्कालिन सशस्त्र माओबादी छापामारहरुसँग भिडन्त भइरहन्थ्यो ।

4

कुरा २०६१ तिरको हो । औजी सहितको सेनाको टोलीमाथि छापामारहरुले हमला गरे । दोहोरो भिडन्तका क्रममा उनका बाया खुट्टामा गोली लाग्यो । त्यसपछि उपचारका लागि काठमाडांै आउनुपर्यो । जागिरे जिवन र उपचारका क्रममा पाँच बर्ष यसै बिते ।  महेश औजीलाई पुनः साँगितिक क्षेत्रमा फर्किनु थियो । अस्पतालको शैयाबाटै उनले ‘आशुका भेल’ एल्मब बजारमा ल्याए । छ वटा गीतको संग्रहमा प्राय युद्धका गीत थिए । औजी आफैले भोगेका समसामयिक गीतहरु । 

4

यतिबेला प्रविधीले कोल्टो फेरेको छ । ‘मौलिक’ देउडा गायनको बजार ओरालो लागेको छ । महेशकुमारका अनुसार देउडाका नाममा अंग्रेजी गीत गाइन थालेका छन् । गीत रेकर्ड गर्न लगानी बढी, आम्दानी कम हुन्छ । एउटा गीत रेकर्ड गर्न ४० हजार भन्दा माथि खर्च हुन्छ अहिले । औजीले अहिलेको साँगीतिक क्षेत्रलाई ‘जुवा’को संज्ञा दिएका छन् । रेकर्ड गरेर युट्यूवमा राम्रो चले ह्वात्तै आम्दानी बढ्ने । नचले सुन्य । अहिलेको प्रविधिसँग तालमेल गर्न सके सँगीत क्षेत्रलाई नराम्रो भन्न नहुने निष्कर्षमा उनी पुगेका छन् ।

2

महेश औजी आफ्ना सबै गीतलाई उत्तिकै माया गर्छन्। उनको नजरमा गीतहरु ‘दुःख गरेर हुर्काएका सन्तान’जस्तै हुन । तैपनि उत्कृष्ट एउटा छान्नुपर्दा ‘कलेजी कटाउने माया‘ नै सवैभन्दा उत्कृष्ट गीत मान्छन् आफ्ना गीतमा ।  यताका वर्ष औजीले एल्बम निकालेका छैनन् । तर, गीत भने सार्वजनिक गरिरहेका छन् । विकसित प्रविधिले गीत पाइरेसीबाटै श्रोता माझ पुग्न थालेपछि उनी स्टेज प्रस्तुतितर्फ मोडिएका छन् । “जता गयो, आफ्नै गीत बजेको सुनिन्छ, तर एक पैसा पाइँदैन”, । उनको गुनासो छ । तर, यो अवस्था सधैं नरहनेमा उनी आशावादी पनि छन् ।

5

औजीलाई सुदूरपश्चिमको कला सँस्कृतिको क्षेत्रमा थुप्रै विकृति आएको जस्तो लागेको छ । मौलिकता हराउँदै गए जस्तो लागेको छ । ‘सँस्कृति प्रवद्र्धनका नाममा सरकारले ठूलो लगानी गरिहेको छ,’ औजी भन्छन, ‘तर काम भएको छैन । आउँदा दिनहरुमा छलिया महोत्सव गर्न सकिन्छ । हुड्क्यौली, भडाहाजस्ता ‘टिपिकल’ सँस्कृति प्रवद्र्धनका कार्यक्रमहरु गर्न सकिन्छ । जुन प्रयासहरु अब हामी गर्नेछौं ।’ यस्ता प्रयासहरु यसअघि पनि गरेको औजीको दाबी छ ।