गौरीफन्टा नाकाबाट  ६ हजार ३ सय बढीको उद्धार, ५ हजारको कोरोना परिक्षण भएन्
2020/05/23, 9:56
 
sima

कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट ६ हजार तीन सय २० जना नेपालीको उद्धार भएको छ । जेठ महिनाको पाँच दिनमा उनीहरुको उद्धार गरिएको हो । जेठ २, ३, ७, ८ र ९ गते उनीहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

 जेठ २ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८, ८ गते दुई हजार चार सय ९८ र ९ गते दुई हजार १४ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये दुई सय ६ जनालाई धनगढी क्वारेन्टाईनमा राखिएको छ भने बाँकी छ हजार एक सय १४ जनालाई सम्बन्धित पालिकामा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । 

६ हजार तीन सय बढीको उद्धार भएपनि कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा जोखिम बढेको छ । भारतमा सबैभन्दा बढी संक्रमित रहेको महाराष्ट्रबाट आएका मजदुरको परीक्षण हुन सकेको छैन् । जेठ २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने ¥यापिड टेस्ट गरिएको थियो । महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो । तर ७ गते आएका ८ सय ५८ जनालाई ¥यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको थियो ।  

८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ । यस्तै ९ गते भित्रिएका दुई हजार १४ जनामा कसैको पनि परीक्षण गरिएको छैन् । पाँच दिनको अवधिमा झण्डै पाँच हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन । स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो ।

यता सुदूरपश्चिम प्रदेश सरकारले भने किटको अभाव रहेको जनाएको छ । नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसँग भने मौज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कीट अभाव रहेको बताए । ¥यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयका र विभागसँग समन्वय भईरहेको बताए ।