
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या झण्डै ६ सय नजिक पुगेको छ । धनगढीमा आईतबार थप १३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या पाँच सय ८४ पुगेको उप–महानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले कुल पाँच सय ८४ संक्रमितमा साढे चार सय बढिले कोरोना जितेको बताए । उनले एक सय ६५ महिला र तीन सय ८ जना पुरुष गरेर चार सय ७३ जना संक्रमण मुक्त भएको जानकारी दिए ।
उपाध्यायका अनुसार धनगढीमा एक सय ९ जना मात्रै संक्रिय संक्रमित रहेका छन् । उप–महानगरपालिकाका कोरोनाका कारण वडा नम्बर ४ र ५ का दुई महिलाको मृत्यु भईसकेको छ ।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09