धनगढीमा कोरोना संक्रमितको संख्या छ सय नाघ्यो, ११९ संक्रिय संक्रमित 
2020/09/29, 7:56
 
corona

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । धनगढीमा सोमवार थप १८ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ सय दुई पुगेको उप–महानगरपालिकाले जनाएको छ ।

उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले दुई सय दुई महिला र चार सय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनीहरु मध्ये एक सय ६७ महिला र तीन सय १४ पुरुष गरी चार सय ८१ जनाले कोरोना जितेका छन् । ३३ महिला र ८६ पुरुष गरी एक सय १९ जना सक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए ।

उनीहरु मध्ये १० महिला र ६७ पुरुष गरी ७७ जना संक्रमित आफ्नै घरमा छन् भने २३ महिला र १९ पुरुष गरी ४२ जना अस्पताल र आईसोलेसन केन्द्रमा रहेका छन्। वडा नम्वर १, ४ र ५ का एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।