धनगढीमा कोरोना संक्रमितको संख्या ७६८ पुग्यो, तीन जनाको मृत्यु
2020/10/04, 8:16
 
corona

धनगढीमा कोरोना संक्रमितको संख्या सात सय ६८ पुगेको छ । शनिबार ३२ जना थपमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या सात सय ६८ पुगेको हो । उनीहरु मध्ये पाँच सय ३७ जना संक्रमण मुक्त भएका छन् । दुई सय २८ जना सक्रिय संक्रमित रहेको उप–महानगरपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार थप ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएको हो । उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबार वडा नम्बर ४ का सबैभन्दा धेरै ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ४ जना, वडा नम्बर ६ र ७ का तीनरतीन जना, वडा नम्बर ३ का दुई जना र वडा नम्बर १२ का १ जना रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।
तीन जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ ।