धनगढीमा कोरोना संक्रमितको संख्या ७९८ पुग्यो
2020/10/06, 7:00
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ। सोमवार थप ५ जनामा संक्रमण पुष्टि भएसंगै धनगढीमा संक्रमितको संख्या सात सय ९८ पुगेको छ।

दुई सय ५५ महिला र ५ सय ४३ पुरुषमा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्यायले जानकारी दिए। उनका अनुसार एक सय ९९ महिला र तीन सय ९९ पुरुष गरी पाँच सय ९८ जना कोरोना मुक्त भएका छन्। 

५३ महिला र एक सय ४४ पुरुष गरी एक सय ९७ जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ९० प्रतिशतको बाह्य ट्राभल हिस्ट्री नरहेको समेत धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

संक्रिय संक्रमित मध्ये ४२ महिला र एक सय २३ पुरुष गरी एक सय ६५ जना होम आईसोलेसनमा छन् भने ११ महिला र २१ पुरुष गरी ३२ जना मात्रै अस्पताल र आईसोलेसन सेन्टरमा छन्। धनगढी उप–महानगरपालिकाका तीन जना संक्रमितको मृत्यु भएको छ भने थप एक जना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।