धनगढीमा कोरोना संक्रमितको संख्या ८१२ पुग्यो, ६१८ जना कोरोना मुक्त
2020/10/07, 6:54
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ। मंगलवार थप १४ जनामा संक्रमण पुष्टि भएसंगै धनगढीमा संक्रमितको संख्या ८ सय १२ पुगेको छ।

दुई सय ५५ महिला र ५ सय ५७ पुरुषमा संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मी उपाध्यायले जानकारी दिए। उनका अनुसार दुई सय चार महिला र चार सय १४ पुरुष गरी ६ सय १८ जना कोरोना मुक्त भएका छन्। 

४८ महिला र एक सय ४३ पुरुष गरी एक सय ९१ जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ३६ महिला र एक सय २० पुरुष गरी एक सय ५६ जना होम आईसोलेसनमा छन् भने १२ महिला र २३ पुरुष गरी ३५ जना मात्रै अस्पताल र आईसोलेसन सेन्टरमा छन्।

धनगढी उप–महानगरपालिकाका तीन जना संक्रमितको मृत्यु भएको छ भने थप एक जना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।