धनगढीमा कोरोना संक्रमितको संख्या ९७९ पुग्यो 
2020/10/13, 8:39
 
corona

धनगढीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ । सोमवार थप ३० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ९ सय ७९ पुगेको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६र६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै ३, ७, १२ र १३ का एक एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।