
धनगढीका थप ३६ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार वडा नम्बर १ का ५, वडा नम्बर २, ३ र ५ का तीन तीन, वडा नम्बर ४ र ८ का दुई दुई, ७ र १३ का एक एक जना र वडा नखुलेका १६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै धनगढीमा संक्रमितको संख्या ११ सय ४ पुगेको छ।
