
कञ्चनपुरको वेलौरी क्षेत्रका २९ जनाको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ । वेलौरी नगरपालिका वडा नम्बर २ को अनुरोधमा लायन्स क्लब अफ धनगढी खप्तडको आयोजनामा भएको निशुल्क आँखा जाँच शिविर तथा निशुल्क मोतियाबिन्दु सल्यक्रिया शिविरमा छ्नौट भएकाहरुको निशुल्क रुपमा धनगढी नेत्रालयमा शल्यक्रिया गरिएको हो ।

तीन सय ७८ जना लाभान्वित भएको शिविरमा आएका २९ जना मुख्य समस्या भएकाहरुको निशुल्क आँखाको शल्यक्रिया गरिएको लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष हरि सिंह धामीले जानकारी दिए ।

निशुल्क शल्यक्रिया गर्नका लागि धनगढी चटकपुर स्थित धनगढी नेत्रालय, च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यक्रम संयोजक त्रिलोक पाण्डेय र बरिष्ठ नेत्ररोग तथा जलबिन्दु रोग विशेषज्ञ डाक्टर रविधर भण्डारीको प्रयासमा आँखाकोे शल्यक्रिया भएको धामीले बताए ।
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56