
धनगढीका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का ४र४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २र२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। योसँगै धनगढीमा संक्रमितको संख्या ११ सय ४० पुगेको छ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 4:15
2020/12/26, 10:35
2021/04/30, 10:07
2021/11/17, 12:48
2023/08/06, 2:16