धनगढीमा होम आईसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु
2020/10/18, 11:14
death

धनगढीमा होम आईसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ बर्षीय पुरुषको होम आईसोलेसनमा बसेका वेला मृत्यु भएको हो ।

उनी क्यान्सरबाट पिडित थिए । उनलाई क्यान्सर उपचारका लागि चितवन लगेर घरमा ल्याईएको थियो । होम आईसोलेसनमै वसेका वेला ती पुरुषको मृत्यु भएको हो ।

गत असोज १५ गते स्वाब दिएका उनमा १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । सुदूरपश्चिममा मृतकको संख्या २५ पुगेको छ ।