यज्ञराज बोहोरा कैलालीको प्रमुख जिल्ला अधिकारी भएर आएको एक बर्ष दुई महिना पुग्नै लागेको छ । २९ बर्षे प्रशासनिक सेवा कालमा उनले राम्रो छवि मात्रै बनाएका छैनन् कि सबैको विश्वास समेत जित्न सफल भएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका घर भएका बोहोराको पछिल्लो दिनचर्या यति धेरै व्यस्त छ की उनले राम्रोसँग खान समेत पाएका छैनन् । अधिकांश समय भारतका सीमामा अलपत्रलाई कसरी ल्याउने भन्ने चिन्ता वोहोरालाई भईरहन्छ ।
संघीय सरकारसँगको सहकार्य र समन्वयमा उनले भारतमा अलपत्रलाई घर ल्याउन सक्रिय रुपमा लागिरहेका छन् । हुन त भन्न मान्दैनन् उनी प्रदेश सरकारले सहयोग गरेको छैन भनेर । उनलाई उद्धारमा लाग्न थालेपछि प्रदेश सरकारको दबाब पनि आउन थालेको छ । विहानदेखि रातिसम्म उद्धार कसरी गर्ने, उनीहरुलाई खाना कसरी खुवाउने, सम्बन्धित गाउँपालिकासम्म कसरी पुराउने भन्ने पिरलोले सताईरहन्छ उनलाई ।
यज्ञराज वोहोराको छवि मात्रै होईन् उनी दिग्गज पनि छन् । जहाँ गए त्यहाँ राम्रो प्रभाव छोडिरहेका छन् । नेपालको गृह प्रशासनका धेरै सरकारी अधिकारीहरु अहिले पनि उनीसँग सल्लाह सुझाव माग्दै आएका छन् । कैलालीको प्रमुख जिल्ला अधिकारी भएर आउनु अघि उनी कर्णाली प्रदेशको मुख्य सचिव भएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही मात्रै होईन त्यहाँका धेरै मन्त्रीहरुले अहिले पनि सल्लाह सुझावका लागि फोन गरिरहन्छन् । उद्धार गर्नेहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय नै अहिले उनको प्राथमिकतामा छ । उनी त्यसैका लागि दौडधुप पनि गरिरहेका छन् । स्थानीय सरकार व्यवसायी र यसक्षेत्रका अगुवाहरुसँग सल्लाह सुझाव लिनुका साथै समन्वय र सहकार्य पनि गर्न अग्रसर छन् ।
सुदुरपश्चिमका वैतडी र दार्चुलाका सीमा पारीका नेपालीहरुलाई गृह मन्त्रालयको अनुमतिपछि नेपाल भित्र्याईको थियो । तर कैलाली र कञ्चनपुरका सीमा पारीका नागरिकहरुलाई वास्ता गरिएको थिएन् । त्यही भएर उद्धारका लागि अग्रसर भए उनी । हुन त सुदुरपश्चिम प्रदेशका अन्य नाकाहरुबाट किन नेपालीहरुको उद्धार भएन् ? किन कैलालीमा मात्रै दैनिक उद्धार भएको छ ।
प्रदेश सरकारले हामीले गरेका हौं भन्छ भने के गौरीफन्टा नाका बाहेक अन्य नाकाबाट किन आएन ? किन ल्याईने आम सुदुरपश्चिमवासीहरुले प्रदेश सरकारलाई प्रश्न गरिरहेका छन् । भारतमा अलपत्र झण्डै १२ हजार नेपालीको वोहोराकै नेतृत्व कुशलता र कामले उद्धार भएकोमा कुनै शंका छैन् । त्यसैले धेरैले उनलाई उद्धारकर्ताका हिरो मानिरहेका छन् । वोहोरासँग धेरै पटक कुरा गर्न खोज्दा न त उनले धेरै केही भने नत कसै प्रति गुनासो नै गरे । हामीले पनि उनलाई केही कुराकानी गर्नुछ भनेर सम्पर्क गर्दा उनले प्रतिउत्तर दिए– कुराकानी गर्ने भए पछि गरौं । अहिले हामी उद्धारमा लागिरहेको छौं । गफ गर्ने फुर्सद छैन अहिले ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरालाई उद्धारको कार्यमा सवैभन्दा अग्रपंक्तीमा कोही आउँछ भने ती हुन धनगढी उपमहानरपालिका मेयर नृपवहादुर ओड । गौरीफन्टा नाका उनकै नगरमा पर्ने भएकोले उनको टाउको दुखाई पनि धेरै छ । प्रशासनसँगको समन्वयमा रातभरी उद्धारमा लागेको उनलाई धेरै दिन भईसक्यो । रातीको १२÷१ बजेसम्म उनी सिमा नाकाकै हुन्छन् । राम्ररी खाना खान नपाएको, आराम गर्न नपाएको हप्तौ भईसक्यो । राति होस की साँझ विहान होस् कि दिउँसो नेपालीहरुलाई भित्र्याउने विषयमै उनलाई फोनको ओईरो लाग्छ । उद्धारमा लागिरहँदा आउने टिप्पणी उनी पनि कहिलेकाही खिन्न हुन्छन् ।
मोवाईल अफ गरेर वसौं पनि लाग्छ तर उनको मन मान्दैन । आफैं दौडिन्छन् उद्धारमा, खानाको व्यवस्थापनमा र उनीहरुलाई घर पठाउनमा । प्रदेश सरकार हरायो भन्ने गुनासो सञ्चार माध्यममा गरिरहेका छन् । त्यो गर्नु पनि स्वभाविकै हो । दुई किलोमिटरको दुरीमा गौरीफन्टा नाका छ मुख्यमन्त्री निवास र घरबाट । तर मुख्यमन्त्री एक पटक एकछिन्का लागि गौरीफन्टा नाकासम्म पुगेका छन् न त त्यसका लागि केही पहल नै गरेका छन् ।
मुख्यमन्त्री सीमा नाका कडाई हुन्छ । लकडाउनमा कडाई गर्छु भन्ने अभिव्यक्ती दिदै आएका छन् । उनका स्वकीय सचिव नेपाल आउ हामीले व्यवस्था गरेका छौं । घर पठाउँछौं भन्छन् । त्यही आश्वासन वोकेर हजारौं भारतमा रहेका नेपालीहरु दुई चार दिन लगाएर विभिन्न कष्ट दुःख झेलेर आईरहेका छन् । तर सीमामा पुगेका नेपालीहरुको गुनासो छ– आफै आउ भन्ने भेट्न पनि नआउने घर पनि नपठाउने । हामीलाई के गर्न खोजेको हो । यस्ता दर्जनौ गुनासा आक्रोस र पिडाहरु धनगढीका मेयर निर्प ओडले नै सुन्नुपर्छ । जसोतसो ट्याक्टर टिप्पर जे साधन छ त्यसैमा क्वारेन्टाईनसम्म पुराउन निर्देशन दिन्छन् उनी ।
अनि खानाको व्यवस्था गर्न विभिन्न संघ संस्थालाई गुहारर्छन । सक्ने जति आफु पनि खुवाउँछन् । तर धेरैलाई खुवाउनुपर्ने र दैनिक खुवाउनुपर्ने क्षमता आफुसँग नरहेको उनी बताउँछन् । म सँग टिप्पर छ त त्यसैमा ल्याए एसी वस कहाँबाट ल्याऔं ? नगरपालिकासँग छैन जे छ त्यसमा ल्याउनु मेरो गल्ती हो ? कोरोना नियन्त्रणका लागि सवै स्थानीय तहलाई पैसा दिएको छ । तर नेपालीको उद्धारमा धनगढी उपमहानगरपालिकाले मात्रै खर्च गर्नुपर्ने ? सवैलाई पैसा दिएको छ उनीहरुले पनि त खर्च गर्नुपर्यो । आफ्ना जनताहरुको उद्धार गर्नुपर्यो । उनी पटक पटक आक्रोस पोख्छन् । तर जति सकिन्छ नेपालीहरुको उद्धारमा उनको सक्रियता र व्यस्तता कम भएको छैन् । उद्धारको काममा लागेकै छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरा र धनगढीका मेयर नृप ओड जस्तै नेपालीको उद्धारमा सक्रियताका साथ लागेको तेस्रो नाम हो पत्रका दिर्घराज उपाध्याय । धनगढीमा पश्चिम टुडे मिडिया हाउस चलाएका उनलाई आफ्नो सञ्चार माध्यम कसरी चलाउने भन्दा पनि भोक भोकै रहेका नेपालीको पेट कसरी भर्ने भन्ने पीर वढी छ । भारतबाट दैनिक रुपमा हजारौ नेपालीहरु आएर चौरमा जम्मा भईरहेका छन् । नेपाली भोक र प्यासले छटपटिहरेका छन् । त्यसमाथि मच्छरको टोकाई । हप्तौसम्मको खाली पेट । भारतका विभिन्न शहरबाट आएका उनीहरु एक अर्कासंगै डराईरहेका छन ।
भोकले मर्नेभन्दा संक्रमणले मर्ने भयले उनीहरुमा सन्त्रास छ । ती तिता यर्थातहरु उपाध्यायले सहन सकेका छैनन् । सुरुवातका दिनदेखि उनी नेपालीहरुका लागि लागिरहेका छन् । कति दिन उनी अरुलाई खाना खुवाउँदा खुवाउँदै आफैं भोक भोकै वसेका छन् । अरुलाई घर पठाउँदा पठाउँदा आफैं अनिदो भएका छन् । आधा रात उनको सीमा नाका र क्वारेन्टाईनै वित्दै आएको छ । उनका वारेमा लेख्दा कतिपयले चाकरी गर्यो भन्ने टिका टिप्पणी गर्लान् । तर सत्य कहिल्यै लुक्दैन् । हामीले यस वारेमा उनीसँग कुराकानी गर्न खोज्यौ । सुरुमै भने सक्ने काम गर्ने हो मलाई चर्चा चाहिदैंन । मेरो नाम नजौडौं है । विहान होस् की साँझ होस् । राति होस् की मध्यराति होस् । उनी नेपालीहरुलाई खानाको व्यवस्था गर्न र खाना खुवाउने धपेडी छ ।
सक्ने आफुले गरे । नसक्ने भएपछि साथी भाई र व्यवसायीलाई भनेका छन् । झकझकाएका छन् । सामाजिक उत्तरदायित्व हो । लागौं खुवाऔं भनेर उत्प्रेरित गरिरहेकै छन् । आफु पनि फेशवकुमा लाईभ गर्दै सरकारलाई झकझकाई रहेका छन् । आग्रह गरिरहेका छन् । अनुरोध गरिरहेका छन् । विन्ती गरिरहेका छन् । तर उनका कुनै कुरा पनि कसैले सुनेको छैन् । उनकै पहलमा खानेकुरा पाउने आस मारिसकेकालाई खाना पाईरहेका छन् । मर्ने त्रासमा रहेकालाई जिउने आशा पलाएको छ । विपतको यो घडीमा एउटा नेपालीलाई अर्को नेपाली काम लागेन भने कहिले काम लाग्ने हो सरकारले केही गरेन भने हामी त चुप लागे वस्नु भए नि भन्दै नेपालीको उद्धारमा लागिरहेका छन् उनी ।
भोक र प्यासले छटपटिएर नेपाली दाजुभाई सुत्न नपाएको देखेपछि निदाउन सकेका छैनन् । आफु मात्रै लागेका छैनन् उनले धेरैलाई यो सामाजिक कार्यमा लगाएका छन् । व्यवसायी श्याम टायल, मानसिंह साउँद, पुष्कर ओझा लगायतका व्यवसायीलाई उनले नेपालीहरुको उद्धारमा लगाईरहेका छन् । देश विदेशबाट पनि उनलाई हामी सहयो गर्छौ भन्ने वचनहरु आईरहेका छन् । सुरुवातका दिनमा खाना नपाएर भोकै वस्ने अवस्थाको अव अन्त्य भएको उनी बताउँछन् । खाना खुवाउनका लागि पनि लाईन लाग्नुपर्ने अवस्था छ ।
भारतबाट दिनहु नेपाल भित्रिरहेका नेपालीहरुले भोगिरहेका पीडा सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि धेरैले उनलाई सम्पर्क गरिरहेका छन् । सहयोग पठाईरहेका छन् । पिडितहरुलाई मलम पनि लाईरहेका छन् । अलपत्र र खाना खान नपाएका विषयमा उनी सहित कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र धनगढी उपमहानगरपालिकाका मेयर नृप वडसँग छलफल भयो । कहीकतैबाट सहयोग नपाएका र भोकभोकै खुला आकाशमा रात काट्न बाध्य नेपाली दाजुभाईहरुलाई राहत सामग्री प्रदान गर्ने सहयोगी हातको खोजीमा थिए, प्रजिअ बोहरा र मेयर वड । प्रजिअ बोहरा र मेयर वडसँगको समन्वयमा नेपालीहरुको उद्धार र राहतमा अहिले सयौ सहयोगी हातहरु जुटिरहेका छन् । रोयल कोल्याव्रिटले दैनिक खाना बनाएर खुवाईरहेको छ । निसर्ग अस्पतालले खाना पकाउन चाहिने सवै सामाग्रीहरु दिईरहेको छ । कैलाली उद्योगा वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर सामाग्रीहरु दिईरहेको छ ।
विभिन्न संघ संस्थाहरुले खाना प्याकिङ गरेर सीमामा रहेका नागरिकलाई खुवाईरहेका छन् । उनीहरुको उद्धारमा जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार वस्नेत, धनगढी उपमहानगरपालिका कर्मचारीहरु पनि नेपालीहरुको उद्धारमा दिनरात नभनी लागिरहेका छन् । नेपालभित्र प्रवेश गरेपछि कोही भोको नरहुन । बेखर्ची भएकै कारण घर जानबाट कोही बञ्चित नहुन भनेर उनीहरुलाई खानेकुरा मात्र उपलब्ध गराईरहेका छैनन । भारतबाट आएका नेपालीहरुलाई खाना र पानी उपलब्ध गराउदै अभियानमा स्वस्र्फुत ढंगले सहयोग गर्न मनकारीहरु जोडिरहेका छन् । सुरक्षामा खटिने सुरक्षाकर्मीहरु, सहयोगीहरु, उद्धारकर्ताहरु सवै अलपत्र नेपालीको उद्धारमा लागेकाहरु नै वास्तविक हिरोहरु हुन । उनीहरु सवैलाई हिदयदेखि नै सलाम अनि नमन छ ।