धनगढीमा गस्तीमा गएका प्रहरी बेपत्ता :  डिआईजीसहिको टोली घटनास्थलमा
2020/10/18, 11:35
 
death

धनगढीमा अस्थायी प्रहरी चौकीका इन्चार्ज सहित दुई जना प्रहरी वेपत्ता भएपछि घटनास्थलमा डिआईजी सहितको टोली पुगेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि वेपत्ता भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितका प्रहरी अधिकारीहरु घटनास्थल पुगेका हुन् । 

2

गस्तीमा गएका उनीहरु दुबै जना रातिदेखि सम्पर्कविहिन भएपछि घटनास्थल पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी बताए। यस्तै नेपाल भारत सीमामा रहेको मोहना नदीमा एक जनाको शव फेला परेको छ । शवको पहिचान भने नभएको सुवेदीले बताए ।

घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको भएपनि मोहना नदीमा रहेको शव निकालिएको छैन् । शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । गएराति प्रहरी र तस्करविच झडप भएको पनि आशंका गरिएको छ ।