धनगढीको कनरी पार्क सर्वसाधारणका लागि खुला
2020/10/18, 7:07
 
park

धनगढी उप–महानगरपालिका वडा नं १५ मा स्थापना गरिएको कनरी पार्क आईतबार उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले पार्कको उद्घाटन गरेका हुन । पार्कको उद्घाटन संगै सर्बसाधारणका लागि खुला गरिएको छ ।

नगरप्रमुख नृपबहादुर वडले कनरी पार्कलाई गुरु योजना अनुसार थप ब्यबस्थीत बनाउदै लैजाने बताए । कोरोना कारण केहि महिना ढिलो आएर पार्कको उद्घाटन गरियो नगरप्रमुख वडले भने, आजको दिनदेखि सर्बसाधारणका लागि पार्क खुल्ला गरिएको छ । पार्कले वडा नं १५ का स्थानीयहरुलाई रोजगार दिने छ नगर प्रमुख वडले भने, यहाँ नभएको प्राविधिक जनशक्ति बाहेक स्थानीयलाई नै राजगारी दिईने छ ।

2

वडा नं १५ मा नै जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिएको छ नगर प्रमुख वडले बताए । उनले भने, त्यसले पनि रोजगारी दिने छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले पार्क घुमफिर गर्नेहरुले यस भित्रका नियमहरु पालना गर्नुपर्ने बताईन् ।

1

पार्क सार्वजनिक स्थल हो उप–प्रमुख भट्टले भनिन्, सार्वजनिक ठाउँलाई ब्यवस्थीत र मर्यादित बनाउन केहि नियमहरु पालना गर्नुपर्छ । पार्क प्रवेश गर्नका लागि  धनगढी उप–महानगरपालिकाले न्यूनतम शुल्कको ब्यबस्था समेत गरेको उप–प्रमुख भट्टले बताईन ।