धनगढीमा प्रहरी हत्याः  असई विकको शव आफन्तले बुझेनन्, प्रहरी जवान अझै फेला परेनन् 
 
death

नेपाल भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरिक्षक गोविन्द बिकको शव आफन्तले बुझेका छैनन् । कैलालीको धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्जको रुपमा कार्यरत विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो ।

ड्युटीकै क्रममा हत्या गरिएपछि बिकका आफन्तले घटनाबारे सत्थतथ्य नआएसम्म शव नबुझ्ने बताएका हुन् । विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।  ड्युटीकै क्रममा वेपत्ता भएका प्रहरी जवान रामसिंह साउँदको अवस्था भने अझैसम्म अज्ञात रहेको छ ।

उनको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाईल फेला परेपनि उनको अवस्थाको बारेमा अझैसम्म थाहा हुन सकेको छैन । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।