
धनगढी– धनगढीका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप महानगरपालिका वडा नम्वर १ का १३ जना, वडा नम्वर २ का एक जना, वडा नम्वर ३ का सात जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्वर ४ का पाँच जना, वडा नम्वर ५ का तीन जना, ६ का दुई जना, वडा नम्वर ७ का दुई जना र वडा नम्वर १३ का एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसंगै धनगढीमा संक्रमितको संख्या एक हजार दुई सय नजिक पुगेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21