सुदूरपश्चिममा २१ हजारको आरटिडी टेष्ट, कैलालीमा मात्रै ८ हजारको परिक्षण, ७६ जनामा पोजेटिभ (भिडियो सहित)
2020/05/25, 7:14
 
korona

सुदूरपश्चिम प्रदेशभरी झण्डै २१ हजारको ¥यापिड टेस्ट गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरी अहिलेसम्म २० हजार ८ सय ८७ जनाको ¥यापिड टेस्ट गरिएको हो ।

सबैभन्दा बढी कैलालीमा सात हजार सात सय ६ जनाको ¥यापिड टेस्ट गरिएको छ भने डडेल्धुरामा सबैभन्दा कम ५ सय ६६ जनाको ¥यापिड टेस्ट गरिएको छ । सुदूर पश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा भने एक सय ७० जनार्को यापिड टेस्ट गरिएको छ । ¥यापिड टेस्ट गर्दा आज मात्रै १५ जनामा एन्टिबडी देखाएको छ । 

यस्तै सुदूरपश्चिमका विभिन्न जिल्लामा ¥यापिड टेस्ट गर्दा अहिलेसम्म ७६ जनामा पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ । त्यस्मा ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा बाँकी २३ जनाको पीसीआर मार्फत परीक्षण बाँकी रहेको छ । २३ जनाको भोली परीक्षण गरिने र त्यसपछि मात्रै कोरोना संक्रमण भए नभएको पुष्टि हुने निर्देशनालयले जनाएको छ ।

कैलालीमा ३०, बझाङमा २१, बैतडीमा ७, बझाङमा ५, डोटी र कञ्चनपुरमा ४÷४, बाजुरामा ३ र डडेल्धुरामा २ जनामा आरडिटी पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ ।