जन्मदिनको अवसरमा दृष्टि फाउन्डेशनलाई सहयोग
2020/10/20, 6:27
 
help

यूके ईङ्लेण्डको हर्सफिल्डमा बसोबास गर्ने एक नेपाली महिलाले आफ्नो जन्म दिनको अवसरमा धनगढीमा रहेको दृष्टि फाउन्डेशनमा रहेका असहायहरुलाई लुगाकपडा सहयोग गरेकी छन् । उनले आफ्नो ४३ औं जन्म दिवसको अवसरमा लुगाकपडा सहयोग गरेकी हुन ।

धनगढी उप–महानगरपालिका महिला विकास शाखामा कार्यरत अधिकृत सिता केसी र न्यायीक समितिमा कार्यरत नासु तेजु जोशीको स्थानीय समन्वय र अधिकृत सिता केसीकी यूके ईङ्लेण्डको हर्सफिल्डमा थपलियाको घरमा नै बस्ने छोरी नान्सी कठायतको समन्वयमा लुगाकपडा प्राप्त भएको थियो ।

प्राप्त ३६ थान मोटो उलन कुर्ती, उलन ट्राउजर ४ थान, जाकेट ४ थान, मोटो कम्वल ६ थान दृष्टि फाउन्डेशनका संचालिका कल्पना भट्टलाई हस्तान्तरण गरिएको छ । दृष्टि फाउन्डेशनका संचालिका कल्पना भट्टले अमेरीकामा रहेर पनि असहायहरुका लागि सहयोग गर्ने मनकारी र धनगढीबाट समन्वय गर्ने सबैप्रति आभारी रहेको बताईन ।