
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बिहिवार थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप महानगरपालिकाका सात महिला र १९ पुरुष गरी २६ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
योसंगै धनगढीमा संक्रमितको संख्या एक हजार दुई सय ५० नाघेको छ।
