धनगढी नगर प्रमुख र उपप्रमुखद्धारा विजयादशीको शुभकामना व्यक्त
2020/10/23, 10:22
 
corona

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले हिन्दुहरुको महान पर्व विजया दशमी, २०७७ को पावन अवसरमा शुभकामना ब्यक्त गरेका छन्   शुक्रवार नग रप्रमुख वड र उप–प्रमुख भट्टले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा  दिदीबहिनीहरुको जिवनमा सुख, शान्ति र समृद्धि ल्याउन एवम् कोरोना महामारी संग विजय प्राप्त गर्नसक्ने शक्ति देवी दुर्गाले प्रदान गरुन भन्ने कामना गरेका छन् ।

‘दशै असत्य माथि सत्यको विजय उत्सव हो । दुर्गा भगवतीले दानवीय शक्तिमाथी विजय हासिल गरेको खुसियालीमा प्रशादको रुपमा रातो टिका र जमरा लगाउने प्रचलन रहेको छ । मान्यजनबाट टिका ,जमरा ग्रहण गर्ने र मिठो मसिनो खाएर मनाउने यस पर्वको ठूलो धार्मिक तथा सामाजिक महत्व रहेको छ ।’ शुभकामना सन्देशमा भनिएको छ ।

2

त्यसैगरी धनगढी उप–महानगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छौं । यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता,आपसि सद्भाव र सम्वन्धलाई थप मजबुद बनाउने गर्दछ ।’ शुभकामना सन्देशमा भनिएको छ ।

‘आवश्यक काम बाहेक घर बाहिर ननिस्किन, बजारमा किनमेल गर्दा, अनिवार्य रुपमा सामाजिक एवम् भौतिक दुरी कायम गर्न, मन्दिरमा भिडभाड तथा मेलाको आयोजना नगर्न, जोखिम घटाउनका लागि मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले हात धुन, सरसफाईमा ध्यान दिन र ज्वरो आउने, थकाई लाग्ने, सुख्खा खोकी लागिरहेमा स्वास्थ्यकर्मीको परामर्श लिन सबैमा हार्दिक आह्वान गर्दछौं ।’ शुभकामना सन्देशमा भनिएको छ ।