‘धनगढीमा जोखिम बढिरहेको छ, सुरक्षित भएर दसैं मनाऔं’
2020/10/25, 2:26
 
dhadain

धनगढी उपमहानरपालिकाका मेयर नृपवहादुर ओडले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दसैं मनाउन अपिल गरेका छन् । दसैंका अवसरमा शुभकामना सन्देश दिदैं मेयर ओडले कोभिड १९ महामारीबाट बच्ने उपाय अबलम्बन गर्न सबैमा अनुरोध गरेका हुन् । आत्मियता, पारिवारिक मेलमिलाप, भातृभाव र स्नेही भावनाका साथ मनाउँदै आएको दसैं सत्य, त्याग, बलिदानी र निष्ठाको मार्गमा अग्रसर हुने प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ भिडियो सन्देशमा भनिएको छ । 

धनगढी उपमहागरपालिकाका समुदायस्तरमा कोभिड १९ महामारीकै रुपमा फैलिएको उल्लेख गर्दै ओडले भनेका छन्, ‘यसको सन्त्रासकै बीचमा पर्व पनि चलिरहेको छ । दसैंमा हुने ओहोरदोहोर र जमघटले महामारी झन् फैलिने खतरा रहने भएकोले परम्पराको जगेर्ना गर्दै पाहुनाको सत्कार गर्ने कामलाई टाढा राखेर परिवारका सदस्यबीच मात्र पर्व मनाउन मेय ओडले आग्रह गरेका छन् ।