
सुदुरपश्चिमा कोरोना संक्रमितको संख्या वढिरहेकाृे छ। ५ जना संत्रलिमत रहेको प्रदेशमा पछिल्लो ५ दिनमा १२ जना संक्रमित थपिएका छन् । तर कोरोना संक्रमितहरु थपिरहँदा पनि संक्रमितका परिवारका सदस्यको परिक्षणमा ढिलाई भईरहेको छ ।

कैलालीका तीन जना कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तीको परीक्षण गर्न वेवास्ता भएको छ । जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको चार दिन भएपनि उनीहरुको सम्पर्कमा आएका व्यक्तीको परीक्षण हुन नसकेको हो । ‘तीन जना कोरोना संक्रमितलाई एक सातासम्म अन्य ४२ जनासंगै क्वारेन्टाइनमा राखिएको थियो, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले भने, ‘पटक–पटक परिक्षणका लागि आग्रह गरेका छौं । तर अहिलेसम्म स्वाब संकलन पनि भएको छैन् ।’
यस्तै डडेल्धुराका सरकारी कर्मचारीका आफन्तहरुको पनि परिक्षण हुन सकेको छैन् । उनलाई चेकजाँच गर्ने चिकित्सक सहित ७ जनाको स्वाव रिक्षण भए पनि अन्यको हुन सकेको छैन् । वैतडीका थुनुवा संक्रमितहरुको सम्पर्कमा रहेका ६८ जनाको स्वाब परिक्षण भएपनि उनका घर परिवारका सदस्यहरुको चेकजाँच हुन सकेको छैन् ।

अहिले संक्रमितसंगै क्वारेन्टाईनमा रहेका अन्यमा समेत त्रास बढेको छ भने गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी समेत जोखिम मोलेर काम गरीरहेका छन् । संक्रमितको सम्पर्कमा आएको व्यक्तीको खोजी भईरहेको बताउँदै सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘कन्ट्रयाक्टर ट्रेसिङको काम भईरहेको छ । त्यसपछि मात्रै सबैको परीक्षणका लागि स्वाब संकलन हुन्छ ।’