धनगढीका वडाध्यक्षसंगै पक्राउ परे थप तीन जना
2020/10/30, 10:33
 
corona

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको ओरपमा वडाध्यक्ष सहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्वर १२ का अध्यक्ष गणेशप्रशाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाईभाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्वर १२ कै खुसिराम चौधरी र गीता चौधरीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले बंशजको आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुवा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्वर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेको विष्टले जानकारी दिए ।

भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्वर ७ मा बस्दै आएका छन् । प्रहरी नायव उपरिक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐन अनुसार कारवाही हुनेछ । उक्त ऐनमा बिदेशीले नेपाली नागरिक भएको झुठो दावी गरि नागरिकता प्राप्त गरेमा एक बर्षदेखि ५ बर्षसम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेका छ ।

नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।