धनगढीमा थपिए ४१ जना कोरोना संक्रमित
2020/11/06, 4:29
 
fhn

धनगढीमा आज ४१ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४१ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका ७४ जनामा संक्रमण पुष्टि भएकोमा सबैभन्दा बढि धनगढीका ४१ जना रहेका हुन् ।

धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ८ जना, वडा नम्वर २ का नौँ जना, वडा नम्वर ३ का पाँच जना, वडा नम्वर ४ का ६ जना, वडा नम्वर ५ का चार जना, वडा नम्वर ६ का दुई जना, ८, ९ र १० का एक÷एक जना र वडा नखुलेका दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।