धनगढीको कोरोना अस्पताल संक्रमितले खचाखच, १७ जना आईसियु र भेन्टिलेटरमा 
2020/11/07, 1:43
 
corona

सेती प्रादेशिक अस्पतालको बिशेष कोरोना अस्पताल संक्रमितले खचाखच भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेतीको विशेष कोरोना अस्पतालका वेडहरु संक्रमितले भरिएका हुन् । ५० शैयाको अस्थायी अस्पतालमामा अहिलेसम्म ४९ जना संक्रमित रहेका छन् । 

कोरोना अस्पतालका सबै वेडहरु संक्रमितले भरिएपछि अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल चलिरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । अस्पतालमा उपचार गराई रहेका संक्रमितहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको आईसियु र भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

अस्पताल भर्ना भएका संक्रमितमध्ये सबैभन्दा धेरै कैलालीका ३८ जना संक्रमित छन् । त्यसैगरी कञ्चनपुरका ४, डडेल्धुराका २, अछामका २, दार्चुला, बझाङ र बैतडीका १÷१ जना संक्रमित रहेका छन् ।