धनगढीमा कालोपट्टी बाँधेर जब किशोरीहरु सडकमा निस्के (फोटोमा हेर्नुहोस) 
2020/11/07, 4:16
 
rape

शनिबार धनगढीमा सधैँ भन्दा फरक शैलीको विरोध प्रदर्शन देखियो । जहाँ नारा सहित प्लेकार्ड बोकी युवतीहरुले बाजाको आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरे । पछिल्लो समय बलात्कारको घटना बढी सुनिन थालेपछि उनीहरूले बलात्कारका घटनाबाट पीडितरुले न्याय पाउनुपर्ने लगायतका नारा सहित शनिबार धनगढीको पार्कमोडमा प्रदर्शन गरेका हुन् ।
 
हातमा ‘अझै कति सहने’ भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, ईट वाज नट हर ड्रेस इट वाज योर ईभिल माइण्ड’ लगायतका नारा सहित प्लेकार्ड बोकी युवतीहरुले धिमे बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै प्रदर्शन गरेका थिए ।

2

2

स्वतन्त्र रुपमा सहभागी भएका करिव ३० जना युवतीहरु शरिरमा पुरै कालै कपडा र आँखामा कालोपट्टी बाँधेर हातमा ‘अझै कति सहने’ भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारा सहित प्लेकार्ड बोकी युवतीहरुले बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै पार्कमोड अगाडी प्रदर्शन गरेका हुन । 

2

2

समाजमा बलात्कार विरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होईन कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । 

1

2

धनगढीमा अभियानकी नेतृत्वकर्ता अन्जली केसीले विश्वभर नै बलात्कार विरुद्धको प्रर्दशन भइरहेकोले आफूहरु पनि प्रर्दशनका लागि सडकमा उत्रेको बताईन् । अन्जली भन्छिन्, ‘दिनहुँ जसो बलात्कारका घटना भईरहेका छन् तर कसरी यसलाई कम गर्न सकिन्छ त्यो कुरा भएको छैन ।’ ‘सबैले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनेर वकालत गरिरहेका छन् तर यो समस्याको समाधान हो त ? मृत्युदण्ड दिने देशहरुमा पनि यस्ता घटनाहरु देखिन छोडेको छैन । बलात्कारीलाई सजाय हुन्छ भन्ने के ग्यारन्टी छ र ?’ 

2

2