अनाथ बालबालिकासँग विश्व अन्तरक्रिया सप्ताह 
2020/11/07, 8:28
 
help

अनाथ बालबालिकासँग विश्व अन्तरक्रिया सप्ताह मनाईएको छ । धनगढी रोटरी क्लबको सहयोगमा क्यास्पीयन एकेडेमी अन्तरक्रिया क्लबले धनगढीको मायाको माया छात्रावासमा रहेका अनथा बालबालिकाहरुसँग विश्व अन्तरक्रिया सप्ताह मनाएको हो ।

5

क्लबका सदस्यहरूले रोटरी साक्षरता मिशन र विश्व अन्तरक्रिया सप्ताहको छैठौं दिनमा पाठ्य सामाग्रीहरु पनि सहयोग गरेका छन् । ६० थानभन्दा बढी कापी र कलमहरु, रंगहरु, पेन्सिल, ईलेजर, कटर लगायतका स्टेशनरी सामाग्रीहरु सहयोग गरिएको क्लबकी च्याप्टर अध्यक्ष शीतल ठाकुरले जानकारी दिईन् । 

4

2

क्लब सदस्यहरूले छात्रावासमा रहेका बालबालिकाहरुसँग केक काटेर पनि मनाएका छन् । साथै जुस, चाउचाउ, समौसा, अण्डा, चोकोपन, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको थियो ।

2

 धनगढी रोटरी क्लबकी अध्यक्ष खुशी अग्रवाल सहितका सात जना सदस्यहरु पनि सो कार्यक्रममा सहभागी रहेका थिए । 

4

2