कैलालीको बेहडाबाबामा अस्थायी प्रहरी पोस्ट स्थापना
2020/11/07, 8:49
 
police

धनगढी उप–महानगरपालिका वडा नं १६ बेहडाबाबामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । अस्थायी प्रहरी पोस्टको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले संयुक्त रूपमा उद्घाटन गरेका हुन ।

2

नगरप्रमुख वडले लामो समयको प्रयास र सबैको सहयोगबाट बेहडाबाबा क्षेत्रमा अस्थायी प्रहरी पोस्ट स्थापना गर्न सकिएको बताए । यस क्षेत्रको शान्ति सुरक्षाका लागि प्रहरी पोस्ट आवश्यक थियो नगरप्रमुख वडले भने, यसलाई व्यवस्थित बनाउँदै लगिने छ ।

नगरप्रमुख वडले प्रहरी सबैको साथी भएकाले साथीको ब्यावहार गर्दै यस क्षेत्रको शान्ति सुरक्षा, सामाजिक अभियान सञ्चालन गर्न स्थानीय सँग अनुरोध गरे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले समुदाय सँग असल सम्बन्ध राखेर काम गर्न प्रहरीलाई निर्देशन दिए ।

5

तपाईँहरूलाई यहाँको शान्ति सुरक्षाको लागि खटाएका हौँ प्रहरी उपरीक्षक देउवाले भने, सबैभन्दा पहिले प्रहरीले आफ्नो आचरण ठिक राख्न सकेमा समाजमा गलत गर्नेका बारेमा कुरा उठाउन सकिन्छ । यहाँ प्रहरी सहायक निरीक्षक दिलीप सिंह बडालको कमाण्डामा ७ जना प्रहरी खटाइएको   छ ।