क्वारेन्टाईन व्यवस्थापन गर्दा मृत्यु भएका वडाध्यक्ष र सेतीको आईसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ
2020/05/27, 5:37
 
korona

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडा अध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गए राति मृत्यु भएकोमा उनको आज स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाएको हो ।

वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ । सेती अस्पतालको आईसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

उनको आज बिहान ६ बजे आईसोलेसनमै मृत्यु भएको थियो । उनी हिजो मात्रै भारतबाट फर्किएपछि आईसोलेसनमा भर्ना भएका थिए। भारतबाट फर्किदा गौरीफन्टा नाकामा बेहोस भएका उनलाई सुरुमा आकस्मिक वार्डमा राखिएको थियो । भारतबाट फर्किएको भन्दै पछि उनलाई आईसोलेसनमा राखिएको थियो ।