बाल संरक्षण नीति सम्वन्धी कार्यशाला सम्पन्न
2020/11/12, 4:11
 
death

धनगढी उप–महानगरपालिकाको बाल संरक्षण नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यशालामा उप–महानगरपालिकाले तयार गरेको बाल संरक्षण नीतिको कार्यान्वयनको अवस्था बारेमा छलफल भएको थियो । छलफलमा धनगढीमा बाल अधिकार संरक्षणका चुनौतीका बारेमा गहन छलफल भएको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

धनगढी उप–महानगरपालिकाले बालअधिकार संरक्षणका लागि नीतिगत ब्यबस्थाका साथै उनिहरुको सहभागिताको सुनिश्चीतका लागि बिभिन्न कार्यहरु गर्दै आईरहेको छ नगरप्रमुख वडले भने, आगामी दिनमा थप अधिकार सुरक्षित गर्दै लगिने छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा नगरस्तरीय बाल अधिकार संरक्षण समितिका संयोजक सुशीला मिश्र भट्टले भोलीको देश, समाज र विश्व कस्तो बनाउने भन्ने बालबालिकालाई हेर्ने दृष्टीकोण कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताईन ।

1

बालअधिकारको संरक्षणका लागि आगामी दिनमा कार्ययोजना बनाएर अगाडी बढ्ने छौं संयोजक भट्टले भनिन्, ‘सबै कामका लागि बजेट चाहिन्छ भन्ने हुदैन कतिपय काम बजेट बिना पनि हामीले गरेका छौं ।’ कार्यक्रममा धनगढीका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्त, धनगढी उप–महानगरपालिका १९ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, बेस कैलालीका संयोजक लक्ष्मण चौधरी, मर्सिकोरका प्रतिनिधीहरु सहभागि रहेका थिए ।

कार्यक्रमको सहजीकरण बिष्णु खत्री र टंक बिष्टले गरेका थिए । सिमान्तकृत बालिकाको शिक्षामा पहुँच परियोजना दोश्रो चरण अन्तरगत यूकेएडको सहयोग तथा मर्सिकोरको प्राविधीक सहयोगमा बेस र धनगढीले कार्यक्रमको आयोजना गरेको हो ।