धनगढीका थप ५ जनामा जनामा कोरोना पुष्टि
2020/11/17, 8:44
 
corona

कैलालीको धनगढीका थप ५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ३ पुरुष र २ महिलामा  संक्रमण देखिएको जानकारी दिए ।