धनगढी प्रयोगशालामा ११६ जनाको कोरोना परीक्षण, सबैको रिर्पोट नेगेटिभ
2020/05/28, 8:19
 
korona

धनगढी प्रयोगशाला मार्फत एक सय १६ जनाको कोरोना परीक्षण गरिएको छ । बुधवार साँझ एक सय १६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दार्चुलाका ५७, कैलालीका ४९, बाजुरा ५, कञ्चनपुर ३ र डोटीका २ जनाको कोरोना परीक्षण गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । 

थ्रोट स्वाबको नमुना संकलन गरीएका तीन सय ६२ जनाको नमुना परीक्षण गर्न बाँकी छ । यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा ९० जनाको ¥यापिड टेस्ट गरिएको छ । ¥यापिड टेस्ट गर्दा २४ घण्टामा कसैमा पनि एन्टिबडी देखाएको छैन ।  यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिले सम्म चार हजार नौ सय ४३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । दुई हजार छ सय २३ जनाको धनगढीस्थित प्रयोगशाला मार्फत परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका अनुसार प्रदेशभरी अहिले सम्म २१ हजार एक सय ३५ जनाको ¥यापिड टेस्ट गरिएको छ । अहिलेसम्म ८३ जनामा ¥यापिड टेस्ट पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ । त्यस्मा ६२ जनाको पीसीआर परीक्षण गरिएकोमा बाँकी २१ जनाको पीसीआर मार्फत परीक्षण बाँकी रहेको छ । २१ जनाको भोली परीक्षण गरिने र थ्रोट स्वाबको नमुना संकलन गरिएको निर्देशनालयले जनाएको छ ।