दुलहीझैं सिंगारिने धनगढीको मोहनाघाट यसपालीको छठमा सजिएन 
2020/11/18, 4:14
 
chhat

तराई मधेसमा उल्लासका साथ मनाईने छठ पर्वका अवसरमा दुलही झैं सजिईने धनगढीको मोहना घाट यस वर्ष सुनसान बनेको छ । छठ पर्व सुरु नहुँदै मोहना नदीलाई सिंगारिन सुरु गर्ने तराई वासीले यस वर्ष कोरोना संक्रमणका कारण सामूहिक छट नमनाउने निर्णय गरेका छन् । जसले मोहना नदीको तटिय क्षत्रलाई सिंगार नगरिएको धनगढीका जयप्रकाश चौधरीले बताए । 

1

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गरेर यसवर्ष भिड रहित छठ मनाउने निर्णय गरिएको छठ पूजा व्यवस्थापन समिति धनगढीका संयोजक सन्तोष मन्डलले बताए ।  ‘भिडभाड गरेर एकै ठाउँमा धेरै मानिस जम्मा भएमा कोरोना संक्रमण हुने खतरा उच्च हुन्छ,’ संयोजक मण्डलले भने, ‘त्यसैले यसवर्ष स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सामूहिक रुपमा पर्व नमनाउने निर्णय गरेका छौं ।, शुभकामना आदान प्रदानका लागि सामाजिक सञ्चाको प्रयोग गर्ने छौं ।’ 

3

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि यसवर्ष अन्य पर्वझैं छठ पर्वलाई सामुहिक रुपमा नमनाउन आग्रह गरेको छ । ‘सामूहिक रुपमा पर्व मनाउँदा कोरोना संक्रमण बढ्ने जाखिम हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘त्यसैले यस वर्ष सुरक्षित रहेर पर्व मनाउन आग्रह गरिएको छ ।’ अघिल्ला वर्षहरूमा धनगढीमा करिव ५ हजार नागरिकले मोहना नदीमा गएर सुर्यलाई जल चढाउँदै छठ पर्व मनाउने गर्थे ।