
धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार साझ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा कञ्चनपुरको बेलौरी जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको पवनदुत यातायातको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१ वर्षीया तुलसी पौडेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार उनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ का २१ वर्षिय मदन ढकाल घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
बसका चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षिय नरेन्द्र रतुकी र बसलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 9:15
2021/08/24, 1:59
2022/06/15, 7:09
2023/09/27, 12:42