
धनगढी उपमहानगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका थप १५ जनामा कोरोना पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा वढी वडा नम्बर ५ मा ७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर २ र वडा नम्बर चारमा तीन तीन तथा वडा नम्बर १ मा दुई जनामा कोरोना संक्रमण भएको छ । योसँगै धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ३१ पुगेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01