सुदूरपश्चिमका १५ जना कोरोना संक्रमित कस्को कहाँ हुदैंछ उपचार ? 
2020/05/28, 3:57
 
korona

सुदुरपश्चिममा कोरोना संक्रमितहरुको संख्या एक्काईस पुगेको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य जारी रहेको छ । संक्रमितहरु भेटिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य जारी रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

कैलालीमा कोरोना संक्रमितहरुको संख्या १० पुगेको छ । त्यसमा ४ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ६ जना संक्रमितहरुको उपचार भईरहेको छ । सुदूरपश्चिममा आज मात्रै थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यो सँगै १५ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने सुर्खेतमा संक्रमित पुष्टि भएका एक जनाको वारेमा भने कुनै जानकारी प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

संक्रमित मध्ये सवैभन्दा वढी बाह् जनाको कैलालीमा उपचार भईरहेको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा ६÷६ जनाको उपचार भईरहेको छ । त्यसैगरी जिल्ला अस्पताल डडेल्धुरा जिल्ला अस्पताल वैतडी र जिल्ला अस्पताल दार्चुलामा एक एक जनाको उपचार भईरहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

६ जनाको सेती प्रादेशिक अस्पताल, ६ जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा, दार्चुला र बैतडी अस्पतालमा उपचार भईरहेको छ ।
जेठ १० गते कोरोना पुष्टि भएका बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषको सेतीमा उपचार भईरहेको छ । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएपछि उनको पनि सेतीमै उपचार भईरहेको छ । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । जेठ १३ गते कोरोना पुष्टि भएकी अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकालाई पनि सेतीमै राखिएको छ । अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन । उनका बुवामा जेठ ११ गते संक्रमण पुष्टि भएका ३२ बर्षीय पुरुष हुन् । 

कैलालीको टीकापुर अस्पतालमा पनि ६ जनाको उपचार भईरहेको छ । १३ गते कोरोना पुष्टि भएका कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष टीकापुर अस्पतालमा उपचार गराईरहेका छन् । आज मात्रै कोरोना संक्रमण लागेका कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष पनि टीकापुर अस्पतालमै उपचाररत छन् । कैलालीका नयाँ संक्रमित भारतबाट आएको खुलेको छ । कैलालीका दुई जना त्रिनगर र खक्रौला नाका भएर स्वदेश फर्किएका थिए । यसअघि कोरोना पुष्टि भएका जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि उनीहरुको टीकापुर अस्पतालमा उपचार भईरहेको छ ।

उनीहरु ईटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएको पाईएको छ । वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै भारतको महाराष्ट्रबाट फर्किएको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिईन् । वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना ईटहरी र एक जना बाँकेबाट फर्किएको थाहा भएको उपाध्यक्ष महतोले बताईन् ।  ईटहरीबाट आएका युवक वैशाख ३० गते त्यहाँ पुगेका थिए । अर्का सक्रमित युवक जेठ ३ गते बाँकेबाट त्यहाँ पुगेका थिए । उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो । 

बैतडीको शिवनाथ गाउँपालिकाका पुरुषको जिल्ला अस्प्ताल बैतडीमा उपचार भईरहेको छ । बैतडीका संक्रमित संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडी भारतबाट फर्किएका थिए । उनलाई एक युवती हत्याको आरोपमा थुनामा राखिएको थियो । उनी चैत्र ६ गते भारतबाट आएका थिए । उनलाई एक युवतीको हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा प्रहरीले बैशाख १५ गते पक्राउ गरेको थियो ।

यस्तै डडेलधुरामा संक्रमण भेटिएका पुरुष भने सदरमुकाम स्थित एक सरकारी कार्यालयमा कार्यरत छन । हाल उनी सदरमुकाममै रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । आज मात्रै पुष्टि भएका दार्चुलाका २१ बर्षीय संक्रमित पुरुषको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको छ । उनी पनि धारचुला–दार्चुला नाकाबाट आएका थिए । 

अहिले प्रदेशमा १५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ भने ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । ६ जनाको सेती प्रादेशिक अस्पताल, ६ जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा, दार्चुला र बैतडी अस्पतालमा उपचार भईरहेको छ । वझाङका संक्रमितको वारेमा भने कुनै जानकारी छैन ।