पर्यटन क्षेत्रले कर र ब्याजमा छुट पाउने
2020/05/28, 6:22
 
bughet

सरकारले कोरोना भाइरसकाे कारण क्षति पुगेको पर्यटन क्षेत्रलाई कर छुट दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हवाई, होटल, ट्राभल, रेस्टुरेन्ट, ट्रेकिङ, पर्वताराेहणलगायतका क्षेत्रलाई पुनर्उत्थान गर्न कर छुट र ब्याज छुटलगायतका प्याकेज दिने भएको छ ।

पर्यटन क्षेत्रसहितका उद्योग प्रतिष्ठानले श्रमिकलाई तलब खुवाउन सजिलो होस् भनेर ५० अर्ब रुपैयाँको कोष पनि स्थापना गर्ने भएको छ । 

 

अन्तिम अपडेट: जेठ १५, २०७७