
धनगढीको ६ लेन सडक अन्तरगत शनिबार राति एक यात्रु बाहक बस घरभित्र पसेको छ ।अनियन्त्रित भएको बस धनगढी मिलन चौकस्थित एक घरको भित्ता फोडेर भित्र पसेको हो ।


राति १२ बजेको समयमा ना ५ ख ४१७ नम्बरको बस अनियन्त्रित भइ घरको भित्ता फोडेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।


बस र घरमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । डोटीको जोरायल गाउँपालिका घर भएका २२ वर्षीय गाडी चालक मानबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



2021/01/24, 3:25
2021/01/24, 2:01
2021/01/24, 1:50
2021/01/24, 1:21
2021/01/24, 10:57
2021/01/23, 10:47
2021/01/22, 6:21
2021/01/22, 10:48
2020/05/25, 7:21
2020/09/24, 3:07
2020/05/26, 11:33