सरकारले अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा स्तरोन्नतीका लागि १९ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ बजेट भाषण गर्दै भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको घोषणा गरे ।
उनका अनुसार बाराको निजगढ विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत गरी कूल १९ अर्ब ४२ करोड बजेट विनियोजन भएको उनले जानकारी दिए । सुर्खेत र चितवनको भरतपुर विमानस्थललाई प्रादेशिक उडानका लागि स्तरोन्तनी गरिने भएको छ ।
मोरङको विराटनगर र बाँकेको नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माणको घोषणा समेत सरकारले गरेको छ । तेह्रथुमको चुहानडाँडा र दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउन बजेट विनियोजन गरिएको छ । हाल दाङको तुलसीपुरमा विमानस्थल छ ।
चन्द्रगढी, धनगढी र जनकपुर विमानस्थलको स्तरोन्नती गरिने भएको छ । नयाँ हवाई नीति ल्याउने तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरे ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59