धनगढी विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन
2020/05/28, 7:10
 
bughet

धनगढी विमानस्थलको स्तरोन्नतीका लागि थप बजेट विनियोजना गरिएको छ । सरकारले बजेट भाषण मार्फत विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको घोषणा गरेको हो ।

अर्थमन्त्री युवराज खतिवडाले विमानस्थलमा रात्रिकालीन उडान योग्य बनाउनका लागि बजेट व्यवस्थापन गरिएको घोषणा गरेका हुन् । अहिले पनि धनगढी विमानस्थल स्तरोन्नतीको काम चलिरहेको छ । धनगढीमा प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई समाधान गर्ने भीओआर–डिएमई जडान गरिएको छ तर परिक्षण गर्न बाकी रहेको छ ।

जाईकाले २०७५ सालकै माघदेखि भीओआर–डिएमई उपकरण जडानको काम सुरु गरेकोमा २०७६ फागुनमा सकेको थियो । १६ सय भिजिविलीटीमा पनि जहाज अवतरण गर्न सकिने भएपनि लकडाउनका कारण परीक्षण गर्न बाकी रहेको विमानस्थल कार्यालयले जनाएको छ। २०७४ साल चैत ११ गते बुद्ध एयरको एटीआर जहाजले धनगढीबाट रात्रिकालीन उडान गरेको थियो ।

त्यसअघि धनगढी विमानस्थलमा पँच हजार मिटर अथवा पाँच किलोमिटर भिजिबिलिटीमा मात्रै जहाज उडान र अवतरण हुने गरेको थियो । भीओआर–डिएमई उपकरणको परीक्षण सफल भए प्रतिकुल मौसमसंगै १६ सय भिजिविलीटीमा उडान भर्ना सकिने छ ।