पश्चिम सेतीका लागि लगानी यकिन गरी कार्यान्वयन गरिने 
2020/05/28, 7:14
 
bughet

सरकारले पश्चिम सेती जल विद्युत योजनामा लगानी यकिन गरि कार्यान्वयन गर्ने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।

३६ वर्षसम्म तीन देशका तीन कम्पनीले अल्झाएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि ‘नयाँ मोडल’ को खोजी मै अलमलमा परेको छ । यसअघि लगानी बोर्डको सञ्चालक समितिको बैठकले आयोजना निर्माणको लागि नयाँ मोडल खोजी गर्ने भन्दै समिति गठन गरेको थियो।

अर्थमन्त्री युवराज खतिवडा, ऊर्जामन्त्री वर्षमान पुन र लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी सम्मिलित समिति गठन भएको थियो ।  थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि विकल्पको खोजी गर्न उच्च स्तरीय समिति गठन गरिएको थियो। तर सो समितिले पनि कुनै काम गर्न सकेन् ।