प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न व्यापारी डेढ लाख धरौटीमा छुटे
2020/12/02, 9:26

धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् । मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीकै व्यापारी राजीव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेका हुन् । अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक बिक र जवान साउँदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो । हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने मंगलबार नै कारागार चलान भएका छन् ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/18, 6:02
2020/09/16, 6:00
2021/07/02, 3:44
2022/03/07, 3:42
2023/04/02, 5:55