कैलालीमा बर्षौ अघि निर्माण सुरु भएका तीन ठुला पुल आयोजना अलपत्र
2020/12/06, 7:45
 
pool

कैलालीमा बर्षौ अगाडि निमार्ण सुरु भएका तीन ठुला पुल आयोजना अलपत्र परेका छन । प्रदेशको राजधानि रहेको धनगढी उप–महानगरपालिकामा मात्रै दुई पुल र लम्कीचुहा नगरपालिकामा एक पुल अलपत्र छन । यी सबै पुलको निर्माण निमार्ण अवधी समाप्त भइसकेको छ ।

२०७१ सालमा ठेक्का सम्झौता भएको धनगढी उपमहानगरपालिका–३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुल २०७४ मा निर्माण गरिसक्नुपर्ने हो । तर सो समयमा पुलको भौतिक प्रगति जम्मा १५ प्रतिशतमा सिमित रह्यो ।  यस्तै धनगढी उप–महानगरपालिका–७ स्थित शिवगंगा नदीमा निर्माणधिन पुल २०७७ जेठ मसान्तमा सम्पन्न गरिसक्नुपर्ने हो । निमार्ण अवधि समाप्त भएको ६ महिना बिति सक्दासम्म ४५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।

कैलालीकै लम्कीचुहा नगरपालिका स्थित पथरैया नदीमा निर्माणाधिन पुल २०७४ जेठमा दुई बर्ष भित्रै काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । निमार्ण अवधि समाप्त भएको तीन बर्ष बितिसक्दा समेत निमार्ण कार्य अलपत्र परेको छ ।  जसका कारण स्थानियले बर्खामा मात्रै नभएर हिउँदको समयमापनि जोखिमपूर्ण यात्रा गुर्न परेको छ ।

यि तीन ओटै स्थानमा स्थानियले व्यक्तिगत लगानिमा डुंगा र काठको पुल निमार्ण गरेका छन् । डुंगा र काठको पुलमा यात्रा गरेबापत प्रत्येक व्यक्तिले दैनिक रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ । आफ्नो व्यक्तिगत लगानिमा काठको पुल निमार्ण गरेका स्थानियले काठको पुल तर्दा रकम उठाउने गरेका छन् ।  धनगढी उपमहानगरपालिका–३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका जोड्ने मोहना पुलमा दुई ओटा काठको पुल छन् । त्यहाँ स्थानियले पैदल यात्रा गरे २० रुपयाँ र सवारीमा यात्रा गरे ३० देखि एक सय रुपयाँसम्म तिर्छन् ।

तीन ओटै पुल निमार्णको ठेक्का एलाईड एडभेन्चर जोइन्ट जेभीले पाएको छ । पटकपटक म्याद थप गर्दा समेत काम सम्पन्न नगर्ने ठेकेदारमाथि भने कुनै कारबाही भएको छैन । एलाईड एड्भेन्चरले सुदूरपश्चिमका अन्य जिल्लामा समेत पुल निमार्णका आयोजना अलपत्र पारेको छ । एलायडले ठेक्का पाएर अलपत्र पारेका तीन पुलको विवरण ।

मोहना पुल

२०७१ सालमा ठेक्का सम्झौता भएको धनगढी र कञ्चनपुरको कृष्णपुर जोड्ने मोहना पुल २०७४ मा निर्माण गरिसक्नुपर्ने हो । पटक पटक म्याद थप गर्दा समेत हालसम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगति देखीएको छ । लगातार दुई पटकसम्म थपिएको म्यादमा पुल नबनेपछि २०७६ असोजमा प्रशासनले एलाईडलाई कारवाही गर्ने चेतावनी दियो । कारबाही बाट बच्न एलाइडले तत्काल जेठ सम्म सक्ने बाचा गरेपनि पुलको काम भने अझै अलपत्र छ ।

सम्झौता अनुसार ८ करोड रुपैयाँ लागतमा एक सय मिटरको पुलका लागि हाल तेश्रो पटक पनि म्याद थप गरिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख अर्जुन बमले कार्तिकदेखी पुलको दोश्रो स्पाम निर्माण थलेको ठेकदारले तेश्रो स्पाम निर्माण गर्न नसकेको बताए । डिभिजन प्रमुख बमका अनुसार ठेकदारले जेठ मसान्त सम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाएपनि लकडाउनको बहाना देखाएर काम रोकेको छ ।

शिवगंगा नदी पुल

एलाइड एड्भेन्चर प्रालिले धनगढी उपमहानगरपालिका–७ स्थित शिव गंगा नदीमा निर्माणधिन पुल समेत अलपत्र पारेको छ । २०७४ मा तीन बर्ष भित्रै पुल निर्माण गर्ने सहमति अनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नु पर्ने म्याद समाप्त भएको छ ।  पुल निर्माणका लागि निर्माणको जिम्मा पाएको एलाइडले भने निर्धारित समयमा जम्मा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर लक्ष्मण जोशीले बताए ।

धनगढी उप–महानगरपालिका वडा नम्बर–७ स्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैंया लागतको एक सय ५० मिटर लम्बाई भएको पुलको समेत तीन बर्ष सम्म पुरा हुन नसकेको इन्जिनियर जोशीले बताए ।

पथरैया पुल

कैलालीकै लम्कीचुहा नगरपालिका स्थित पथरैया नदीमा पुल निमार्णको जिम्मापनि एलाईड एडभेन्चरले नै पाएको थियो । उक्त पुल पनि एलाईडले अलपत्र पारेका छ ।  २०७४ जेठमा दुई बर्ष भित्रै काम सम्पन्न गर्ने गरी ८ करोड १३ लाख ७३ हजार ७ सय १५ रुपैयाँ बराबरको ठेक्का सम्झौता भएको पथरैया नदी पुल निर्धारित मितिसम्म २० प्रतिशत मात्रै काम भएको थियो ।

निमार्ण कम्पनिले पटकपटक म्याद थप गर्दा समेत सम्पन्न गर्न नसकेको सडक डिभिजन कार्यालय धनगढीका इन्जिनियर लक्ष्मण जोशीले बताए ।  उनका अनुसार जेठ मसान्त पछि पुल निर्माणका लागि दोश्रो पटकको म्याद समेत सकिएको छ । तर पुल निर्माण भने हुन नसकेकोे छैन ।

एड्भेन्चर प्रालीले भने विभिन्न समस्याका कारण पुल समयमै निमार्ण गर्न नसकिएको जनाएको छ । प्रालीका इन्जिनियर दिनेश बटालाले भने–‘मोहनामा पहिलो प्राविधिक डिजाई बिग्रिएपछि आधा भएको काम छोडेर पुनः काम गर्नु प¥यो, त्यसैमा भुकम्प पछि भारतले नाकाबन्दी ग¥यो, जसका कारण काम गर्न सकिएन ।’  उनले पथरैया नदीमा काम गर्दा लेबर नपाएको भन्दै टारे । यस्तै शिवगंगा नदीमा भरखर्र म्याद समाप्त भएको र कोरोनाको कारणले ढिलाई भएको प्रतिक्रिया दिए ।